जर्मनीले युक्रेनमा लियोपार्ड-२ ट्यांक पठाउने, रुससँगको युद्ध झनै चर्कने संकेत

जर्मनीले रूससँग द्वन्द्व बढ्न सक्ने चिन्तामा यो विषयमा लामो समय निर्णय गर्न सकेको थिएन । तर नेटो राष्ट्रको चौतर्फी दबाबपछि स्कोल्जले कम्तिमा १४ वटा लियोपार्ड-२ ट्यांक युक्रेनमा पठाउने निर्णय गरेका खबरमा उल्लेख छ ।

नेपालभ्युज

जर्मनीले युक्रेनमा लियोपार्ड-२ ट्यांक पठाउने, रुससँगको युद्ध झनै चर्कने संकेत
लियोपार्ड-२ ट्यांकका साथमा जर्मन चान्सलर ओलाफ स्कोल्ज । तस्वीर: एजेन्सी

एजेन्सी। चौतर्फी दबाव र तनावका बीच जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा अत्याधुनिक लियोपार्ड-२ लडाकु ट्यांक पठाउने निर्णय गरेका छन्।

‘चान्सलर स्कोल्जले आफ्नो देशबाट पनि लियोपार्ड-२  ट्यांक युक्रेन पठाउने र अरु देशलाई पनि पठाउन अनुमति दिने निर्णय गरेका छन्,’ जर्मन रिपोर्टहरुलाई उधृत गर्दै बीबीसीले लेखेको छ । लियोपार्ड-२ ट्यांक जर्मनीमा बनाइन्छ र जर्मनीले विशेष निर्णय गरेर मात्रै यसको निर्यात हुन्छ ।

जर्मनीले रूससँग द्वन्द्व बढ्न सक्ने चिन्तामा यो विषयमा लामो समय निर्णय गर्न सकेको थिएन । तर नेटो राष्ट्रको चौतर्फी दबाबपछि स्कोल्जले कम्तिमा १४ वटा लियोपार्ड-२ ट्यांक युक्रेनमा पठाउने निर्णय गरेका खबरमा उल्लेख छ । अब जर्मनीले केहि ट्यांक पोल्याण्ड र बेलायतलाइ बेच्नेछ र उनीहरुले पनि युक्रेनलाई पठाउनेछन् ।

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडीजका अनुसार कम्तिमा १६ वटा युरोपेली र नेटो देशहरूसँग लियोपार्ड २ ट्याङ्कहरू छन् । सबैले युक्रेनमा ट्याङ्कहरू पठाउने छैनन् ।

युक्रेनले रुससँगको युद्ध जित्न अझै तीन सय वटा आधुनिक मुख्य युद्ध ट्याङ्कहरू चाहिने बताउँदै आएको छ । तर यदि आधा दर्जन पश्चिमी राष्ट्रहरू प्रत्येकले १४ वटा ट्याङ्कहरू उपलब्ध गराएमा जम्मा एक सयको हाराहारीमा मात्रै पुग्नेछ ।

बेलायतको च्यालेन्जर-२ , जर्मनीको लियोपर्ड-२ र अमेरिकाले बनाएका अब्रामहरू सहित पश्चिमी ट्याङ्कहरू सबै सोभियत युगका ट्यांक भन्दा उत्कृष्ट मानिन्छन् । अहिले युक्रेनले सोभियतकालिन हतियार भन्दा अत्याधुनिक हतियार चाहिएको बताउँदै आएको छ ।

लियोपार्ड-२ जस्ता ट्यांकले युक्रेनी टोलीहरूलाई थप सुरक्षा, गति र शुद्धता प्रदान गर्नेछन्। अब पश्चिमा देशले दिएका हतियार चलाउन युक्रेनी सेनालाई तालिम दिइनेछ । शक्तिसञ्चयका साथ आउँदो वसन्त याममा युक्रेनले रुसमाथि आफ्नो भूमिमा विजय हासिल गर्न सक्ने विश्लेषण बीबीसीले गरेको छ ।

रुसले युक्रेन युद्धमा ठूलो शक्ति गुमाएको र पश्चिमा देशले अत्याधुनिक हतियार पठाउन थालेका रुस कमजोर हुने आँकलन छ । युक्रेनले युद्ध सुरु भएदेखि नै पश्चिमा मुलुकसँग आधुनिक लडाकु विमान उपलब्ध गराउन पनि माग गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved