उच्च रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा

नेपालभ्युज

उच्च रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा

एजेन्सी । शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुँदा घातक हुन्छ । त्यसकारण हामीले शरीरको रक्तचाप सही कायम गरिराख्नको लागि विशेष ध्यान दिनु आवश्यक छ ।

  • उच्च रक्तचापको समस्या भएका व्यक्तिले रक्सी सेवन नगर्ने, गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।
  •  मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।
  • उच्च रक्तचाप देखिने बित्तिकै औषधी सुरु गर्नु हुँदैन । असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधी खानुपर्छ ।
  • औषधी आफूखुशी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ ।
  • मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधी सेवन गर्नुहुँदैन ।
  • जीवनशैली परिवर्तनपछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधी बन्द गर्न सकिन्छ ।
  • सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूलमा पोटासियम बढी पाइन्छ । पोटासियम बढी भएको खानेकुराले रक्तचाप नियन्त्रणमा राख्न सहयोग गर्छ ।
  • उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ ।
  • गर्भवती महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।
  • २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । यसको कारण खोजेर उपचार गरिन्छ ।
  • नियमित रक्तचापको जाँच गरिरहनु पर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved