डुङ्गा डुब्दा चार जनाको मृत्यु

नेपालभ्युज

डुङ्गा डुब्दा चार जनाको मृत्यु
फाइल फोटो

एजेन्सी । केन्याको तटीय शहर किलिफीमा डुङ्गा डुब्दा चार जनाको मृत्यु भएको छ । शक्तिशाली छालमा नियन्त्रण गुमेपछि हिन्द महासागरमा उक्त दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

मिदिन्दी क्षेत्रका प्रहरीप्रमुख सोलमन ओडेरोका अनुसार वटामानु मरिन नेश्नल पार्कमा डल्फिन हेर्न हिँडेका पर्यटक उक्त डुङ्गामा सवार थिए । दुर्घटनाका बेला समान संख्यामा पर्यटक बोकेका डुङ्गामा मरिन नेश्नल पार्कतर्फ गइरहेका थिए । पच्चीस जना पर्यटकको उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल भर्ना गरिएको तथा ती मध्ये केहीलाई परीक्षणपछि फर्काइएको छ । अस्पतालमा रहेका सबैको अवस्था स्थिर छ । सिह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved