आर्सनल र म्यान्चेष्टर युनाईटेड कसरी बने चीर प्रतिद्धन्दी ?

वेङ्गरको प्रशिक्षणमा आर्सनल सन् १९९७ को प्रिमियर लिग जित्न सफल भयो। सो सिजन यूनाईटेडले १२ अङ्कको अग्रता लिइरहेको थियो। तर गृह मैदानमा आर्सनलसँग १–० ले पराजित भएसँगै यात्रा डगमगायो । 

नेपालभ्युज

आर्सनल र म्यान्चेष्टर युनाईटेड कसरी बने चीर प्रतिद्धन्दी ?

काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार राति आर्सनल र म्यान्चेष्टर युनाईटेड भिड्दै छन्। आर्सनलको गृह मैदान एमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति सवा १० बजे खेल सुरु हुनेछ ।

१९ खेलबाट ३९ अंक जोडेको युनाईटेड अंक तालिकाको चौथो स्थानमा छ। १८ खेलबाट ४७ अंक जोडेको आर्सनल भने शीर्ष स्थानमा छ ।

यस सिजन आर्सनल लयमा देखिएको छ। म्यान युनाईटेड भने सङ्घर्षरत छ। यसअघिको खेलमा युनाईटेडले आर्सनललाई पराजित गरेको थियो । जुन यस लिगमा आर्सनलको एकमात्र पराजय हो।

लिगमा वर्षौँ देखि आर्सनल र म्यान्चेष्टर युनाईटेड चीर प्रतिद्धन्दी मानिन्छन् । १९ औँ शताब्दी देखि दुई क्लबबीचको प्रतिस्पर्धा सुरु भएको पाइन्छ। सन् १८९४ को अक्टोबरमा ‘वूलविच आर्सनल’ र ‘न्यूटन हेल्थ’ को रुपमा पहिलो पटक दुई टोली आमने सामने भएका थिए।

सन् १९९० मा ओल्ड ट्राफोर्डमा भएको आर्सनल र यूनाईटेडबीचको खेलमा तीतोपना देखियो । युनाईटेडलाई १–० ले पराजित गर्दै आर्सनलले ‘फुटबल लिग फस्ट डिभिजन’ को उपाधि जितेको थियो।

सो खेल आर्सनलको जितको लागिभन्दा पनि दोस्रो हाफमा डेनिस इरविन र निगेल विन्टरबर्नबीचको झडपले चर्चामा आएको थियो। मैदानमा उत्पन्न भएको तनावका बीच २१ खेलाडी नै एकअर्कामाथि जाइलागेका थिए। पछि फुटबल संघले आर्सनलको २ तथा युनाईटेडको १ अंक काटेको थियो।

त्यहीबाट यी क्लब चीर प्रतिद्धन्दीका रुपमा स्थापित भएका हुन् । सन् १९९२ को फस्ट डिभिजनको उपाधि आर्सनलले जित्यो । सन् १९९२–९३ मा फस्ट डिभिजनलाई इङ्लिश प्रिमियर लिगको शैलीमा संचालन गरियो।

पहिलो संस्करण्मा नै उपाधि युनाईटेडले जित्यो। सन् १९९३, र १९९६ को उपाधि जित्न सर एलेक्स फर्ग्युसनको टोली सफल भयो।

सन् १९९६, सेप्टेम्बरमा आर्सनलले आर्सेन वेङ्गरलाई मुख्य प्रशिक्षक बनायो । युनाईटेडको वर्चश्वका अगाडि जापानबाट आएका वेङ्गर नयाँ थिए। सन् १९९७ मा युनाईटेड उपाधि जित्ने संघारमा थियो।

वेङ्गरले खेल तालिका खँदिलो भएपनि सिजन भने तन्काउन नहुने अभिव्यक्ति दिए । जसको उत्तर दिँदै फर्ग्युसनले वेङ्गर सिकारु रहेको र आफ्नो सल्लाह जापानी फुटबललाई दिन भनेका थिए।

आर्सनलसँग जोडिएको करिब एक वर्षमै वेङ्गरको प्रशिक्षणमा आर्सनल सन् १९९७ को प्रिमियर लिग जित्न सफल भयो। सो सिजन यूनाईटेडले १२ अङ्कको अग्रता लिइरहेको थियो। तर गृह मैदानमा आर्सनलसँग १–० ले पराजित भएसँगै यात्रा डगमगायो ।

फर्ग्युसनका लागि लागि यो ठुलो धक्का थियो। साथै सो उपाधिले वेङ्गरलाई फुटबल गुरुको रुपमा पनि स्थापित गर्यो। उनलाई बुद्धिमान प्रशिक्षकको रुपमा हेर्न सुरु गरियो।  यूनाईटेडले सन् १९९९ मा प्रिमियर लिग, एफए कप र यूईएफए च्याम्पियन्स लिग जित्यो ।

एफए कपको उपाधिको दौडमा यूनाईटेडले सेमिफाइनलमा आर्सनललाई २–१ ले हराएको थियो ।

लिगको उपाधि जित्ने क्रममा आर्सनल र युनाईटेडबीच ‘ब्याटल अफ ओल्ड ट्राफोड’ को अर्को विवादस्पद खेल पनि भयो। खेलाडीबीच मैदानमा घम्साघम्सी नै भएको थियो। खेल गोलरहित बराबरीमा सकिएको थियो। इन्ज्यूरी समयमा रुड भ्यान निस्टेलरोयले पेनाल्टीमा गोल गर्ने अवसर गुमाए। यसलगतै बजेको फाइनल ह्विसलपश्चात आर्सनलका खेलाडी रुडमाथि अभद्र रुपमा प्रस्तुत भएका थिए।

खेलाडीहरुलाई नियन्त्रणमा राख्न नसकेकोले आर्सनललाई १ लाख ७५ हजार स्टर्लिङ पाउन्ड पनि जरिवाना तिर्न लगाइएको थियो। फुटबलमा नै सबभन्दा खराब दृश्य आर्सनले प्रस्तुत गरेको फग्र्युसनले टिपण्णी पनि गरेका थिए। यसले दुई टोलीबीचको तनावलाई बढाएको थियो।

सन् २००४ मा ओल्ड ट्राफोर्डमा भएको अर्को भिड्न्तमा भने घरेलु टोलीले आर्सनललाई २–० ले पराजित गरेको थियो। यससँगै लगातार ४९ खेलमा जित निकालेको आर्सनलको अविजित यात्रामा पूर्णविराम लागेको थियो। आर्सनल यूनाईटेडको मैदानमा लगातार ५० खेलमा अविजित हुने इतिहास बनाउन चाहन्थ्यो। एक अन्तवार्तामा यूनाईटेडका पूर्व खेलाडी रोय मौरिस केनले आर्सनलविरुद्ध आफुमा अत्यन्तै घृणा भएको स्विकारेका थिए।

सन् १९९६–२००४ बीचको ९ सिजनमा केवल आर्सनल र युनाईटेड लिगको दावेदार थिए। सन् २००५ मा चेल्सीले पहिलो पटक प्रिमियर लिगको उपाधि जित्दै धार परिवर्तन गरेको थियो । 

सन् २०१३ सम्म आइसक्दा भने वेङ्गर र फर्ग्युसनबीचको सम्बन्ध सुदृढ भएको थियो।  फर्ग्युसनले २०१२ मा युनाइटेड छाडेपछि सम्बन्ध सहज बन्दै गएको थियो । तर मैदानमा खेलाडी र समर्थकबीचको आक्रोश भने अहिले पनि देख्न पाइन्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved