जनार्दन भन्छन्-राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुन्छ

उनले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए ।

नेपालभ्युज

जनार्दन भन्छन्-राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुन्छ
फाइल फोटो

काठमाडौं  ।  नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए ।

उनले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए । उनले सरकारमा भएका दलहरुले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गरे।

उनले भने,’अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ । पार्टीहरुमा छलफल हुन्छ । सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ । छलफल पछि मात्रै को हुन्छ भन्न सकिन्छ । गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फुर्तः छ ।’

उनले कांग्रेसको अपेक्षाको कुरा आफूलाई  थाहा नभएको बताए । ‘सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो, उनले भने,  भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ । सरकारमा भएका दलहरुले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ ।’

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved