कांग्रेस सभापति देउवा र चिनियाँ राजदूत चेनबीच भेटवार्ता

नेपालभ्युज

कांग्रेस सभापति देउवा र चिनियाँ राजदूत चेनबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सभापति देउवा र राजदूत सोङबीच शुक्रबार भेटवार्ता भएको हो । भेटमा राजदूत चेनले दुई देश तथा दुई पार्टीको बीचमा दुई पक्षको बीचमा गहिरो कुराकानी भएको बताएका छन् ।

पुस २४ गते नेपाल आइपुगेका राजदूत चेनले अहिले विभिन्न दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् । हिजै उनले उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई समेत भेटेका थिए ।

अर्थ मन्त्रालयमा गएर अर्थ मन्त्री पौडेललाई भेटेका राजदूत चेनले द्वीपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरुको विषयमा छलफल गरेको जनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved