३० मिनेटमा ल्यान्ड हुनुपर्ने बुद्धको जहाज ९० मिनेट आकाशमै

उनले भने ‘‘केही दिनअघि मात्रै दुर्घटना भएको कारण यात्रुहरू डराए। तर भिजिबिलिटी कम भएर आकाशमा होल्ड हुनु ठुलो विषय होइन। तर केही नहुन्जेल केही पनि हुँदैन।’’

नेपालभ्युज

३० मिनेटमा ल्यान्ड हुनुपर्ने बुद्धको जहाज ९० मिनेट आकाशमै

काठमाडौं। पोखराबाट काठमाडौंको हवाई उडान समय सामान्यतया ३० मिनेटको हो। तर, आज दिउँसो पौने २ बजे पोखराबाट उडेको जहाज काठमाडौंमा सवा ३ बजे करिब ९० मिनेटमा ल्यान्ड भएको छ।

 

सामान्य अवस्थामा भने जहाज सवा २ बजे ल्यान्ड हुनुपर्ने थियो। एक घण्टा बढी काठमाडौंको आकाशमा जहाज फन्को लगाउनुको कारण भने विमानमा समस्या भएर होइन।

काठमाडौंमा बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ। भिजिबिलिटी कम भएपछि बाहिरी जिल्लाबाट आएका अरू केही विमान पनि आकाशमै थिए। जसले एयर ट्राफिक जाम भएको थियो।

बुद्ध एयरको ९ एन एएनआइ कलसाइनको विमान पोखराको आकाशबाट बाराको कलैया हुँदै काठमाडौं आएको हो।

पाँच दिनअघि मात्र यती एयरको जहाज पोखरा विमानस्थल नजिक दुर्घटना भएको थियो। पोखराबाटै उडेको विमान १ घण्टा थप आकाशमा होल्ड हुँदा धेरै यात्रु डराएको विमानका यात्रु तथा हास्यकलाकार मनोज गजुरेलले बताए।

उनले भने ‘‘केही दिनअघि मात्रै दुर्घटना भएको कारण यात्रुहरू डराए। तर भिजिबिलिटी कम भएर आकाशमा होल्ड हुनु ठुलो विषय होइन। तर, केही नहुन्जेल केही पनि हुँदैन।’’

काठमाडौंमा बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ। भिजिबिलिटी कम हुँदा आकाशमा जहाज फन्को लगाउनु सामान्य विषय मानिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved