सरकारमा नसमेटिएपछि सीके राउतको आक्रोश

नेपालभ्युज

सरकारमा नसमेटिएपछि सीके राउतको आक्रोश

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा नसमेटिएपछि आक्रोश व्यक्त गरेका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत् अध्यक्ष राउतले सरकार पक्षप्रति आक्रोश व्यक्त गरेका हुन् ।

‘कुरा केवल जनमत पार्टीको होइन, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको छ,’ उनले लेखेका छन् ।

उनले सत्तापक्षले आफूहरूलाई बहिष्ककरण गरेको आरोप लगाएका छन् । ‘पश्चगामी चरम नश्लवादीहरूको झुण्डले पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रोहोइन भन्ने सन्देश दिँदै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेको हो,’ उनले लेखेका छन् ।

मधेशले यसको प्रतिकार गर्ने राउतको चुनौती छ । ‘मधेशले यसको प्रतिकार गर्नेछ,’ उनले भने, ‘सडक र आन्दोलनको विकल्प हामीसँग सँधै खुल्ला नै छ ।’

शोषित नागरिक रहेसम्म धर्तीमा तुफान आइरहने उनले बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मधेसमा आधारित दल र नागरिक उन्मुक्ति पार्टी समेटिन सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved