एमालेबाट देवराज घिमिरे सभामुखको उम्मेदवार, मनोनयन दर्ता गर्दै

नेपालभ्युज

एमालेबाट देवराज घिमिरे सभामुखको उम्मेदवार, मनोनयन दर्ता गर्दै
फाइल फोटो

 काठमाडौं। नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

घिमिरेले अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसदको बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ ।

सत्ता गठबन्धनमा पहिलो कार्यकालका लागि सभामुख नेकपा एमालेको भागमा परेको छ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

एमालेका उम्मेदवारलाई माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका सत्ता साझेदार दलले समर्थन गर्नेछन् ।

यसअघि, एमालेबाट सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराईले आकांक्षा राखे पनि एमाले अध्यक्ष ओलीले घिमिरेलाई अगाडी सारेका हुन् ।

अध्यक्ष ओलीले घिमिरेलाई सभामुख बनाउने तयारी गरेको यसअघि नै नेपाल भ्युजले  खुलासा गरेको थियो ।

सभामुखमा एमालेका तीन दाबेदार, झापाका घिमिरेलाई बनाउने अध्यक्ष ओलीको योजना !

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved