सभामुखमा एमालेका तीन दाबेदार, झापाका घिमिरेलाई बनाउने अध्यक्ष ओलीको योजना !

एमालेबाट सभामुखका लागि मुख्य दुई दाबेदार बाहिर देखिएका थिए, छबिलाल विश्वकर्मा र पृथ्बीसुब्बा गुरुङ । अध्यक्ष केपी शर्मा ओली यी दुई दाबेदारलाई छाडेर चर्चामा नरहेका अर्का नेतालाई सभामुख बनाउने तयारीमा रहेको स्रोतले दाबी गरेको छ ।

नेपालभ्युज

सभामुखमा एमालेका तीन दाबेदार, झापाका घिमिरेलाई बनाउने अध्यक्ष ओलीको योजना !

काठमाडौं । सत्ता गठबन्धनमा शक्ति बाँडफाँट हुँदा सभामुख नेकपा एमालेले पाउने लगभग निश्चित देखिएको छ । यो पदमा एमालेले कसलाई पठाउला भन्ने चासो देखिन्छ ।

एमालेबाट सभामुखका लागि मुख्य दुई दाबेदार बाहिर देखिएका थिए, छबिलाल विश्वकर्मा र पृथ्बीसुब्बा गुरुङ । तर पछिल्लो पटक एमालेको आन्तरिक राजनीति केही परिवर्तन भएको स्रोतको दाबी छ ।

अध्यक्ष केपी शर्मा ओली यी दुई दाबेदारलाई छाडेर चर्चामा नरहेका अर्का नेतालाई सभामुख बनाउने तयारीमा रहेको स्रोतले दाबी गरेको छ । अध्यक्ष ओली झापाका सांसद देवराज घिमिरेलाई सभामुख बनाउने योजनामा  रहेको बताइएको छ ।

ओलीको चाहना पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई नै उक्त पदमा लैजाने थियो । तर नेम्वाङले अस्वीकार गरेपछि अध्यक्ष ओली घिमिरेलाई सभामुख बनाउने मनस्थितिमा रहेको उनी निकटस्थले बताएका छन् ।

झापाका पुराना वामपन्थी नेता घिमिरे अध्यक्ष ओलीका समकालिन नेता हुन् । हाल एमालेको स्थायी समिति सदस्य र प्रदेश १ को इन्चार्ज समेत रहेका घिमिरे यसअघि राजकीय पदमा पुगेका छैनन् ।

ओली निकट एक नेताले भने, ‘परिस्थितिमा ठुलै उलटफेर भएन भने घिमिरेलाई नै सभामुख बनाउने अध्यक्ष ओलीको योजना छ । सम्भवत उहाँ नै बन्नुहुन्छ होला ।’

सभामुखमा दाबी गरिरहेका पृथ्बी सुब्बा गुरुङलाई अध्यक्ष ओली खासै मन पराउँदैनन् । अर्का दाबेदार छबिलाल भने ओलीका विस्वासपात्र नै हुन् ।

तर अध्यक्ष ओली यसपटक आफ्नै जिल्लाका पुराना नेता घिमिरेलाई मौका दिने पक्षमा रहेको बताइन्छ । त्यसैले अहिले विकलाई मनाउने प्रयास भइरहेको स्रोतको दाबी छ ।

घिमिरेलाई सभामुख बनाउँदा विकलाई राम्रै मन्त्रालय दिएर सरकारमा पठाउने सम्भावना रहेको छ । विक रुपन्देहीबाट र गुरुङ मनाङबाट निर्वाचित सांसद हुन् ।

सभामुखका लागि माघ पाँच गते चुनाव हुँदैछ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved