मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले गरे शपथ ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तार गरेको मन्त्रिपरिषद्‌मा थपिएका मन्त्रीहरूले मंगलबार दिउँसो शपथ ग्रहण गरेका हुन् ।

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले गरे शपथ ग्रहण

काठमाडौं । नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तार गरेको मन्त्रिपरिषद्‌मा थपिएका मन्त्रीहरूले मंगलबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका हुन् ।

एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्यमन्त्री बनेका छन् ।

माओवादी केन्द्रबाट सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्दा रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन् । अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । सुशीला श्रीपालीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाल शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । राप्रपाबाटै सहरी विकासमन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानूनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् ।

राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved