झगडा पर्दा ध्यान दिनुपर्ने पाँच कुरा

नेपालभ्युज

झगडा पर्दा ध्यान दिनुपर्ने पाँच कुरा

एजेन्सी । लडाईं झगडा हुँदा मानिसहरु कडा र तिखा शब्दहरु ज्यादा प्रयोग गर्छन् जसका कारण सम्बन्ध झन् बिग्रिएर जाने गर्छ । सम्बन्धमा सत्यता हुनु आवश्यक छ ।

धेरै खुल्लापन हुनु पनि सम्बन्धका लागि हानिकारक हुने गर्छ । ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्ने गर्छ । झगडा पर्दा एकदमै ध्यान दिनुपर्ने पाँच कुराहरु ।

१. आफ्नो पार्टनरसँग कुराकानीलाई महत्वका साथ लिने गर्नुहोस् । आफ्नो पार्टनरको कुरा बुझ्ने प्रयास गर्नुहोस् । यदी पार्टनरको कुरा मन नपरेमा होस नगुमाउनुहोस्, धैर्य गर्नुहोस् । स्थितिसँग भाग्ने काम नगर्नुहोस् ।

यस्तो अवस्थामा जथाभावी बोल्नाले सधैभरीलाई खराब सम्बन्ध बन्ने गर्छ ।

२. रिसाउनु एक ठाउँमा उचित हो तर रिसको अवस्थामा केही नराम्रो कदम नउठाएकै राम्रो । अपशब्द प्रयोग गर्नबाट बच्नुहोस् ।

३. जिम्मेवारीलाई लिएर झगडा गर्नुभन्दा दुबैजनाले कामको बाँडफाँड गर्नु उचित हुन्छ । पुराना दिनहरुलाई सम्झेर एकअर्कालाई दोषारोपण गर्नु गलत हुनेछ ।

४. घरका अन्य परिवार सदस्यलाई झगडामा तान्नु ठूलो गल्ती हुन्छ । एकअर्काको परिवारलाई लिएर तुलना गर्ने काम बन्द गर्नुपर्छ ।

५. कुनै कुरालाई इग्नोर गर्ने बानी पनि राख्नुपर्छ । सानो सानो कुरामा प्रतिक्रिया दिनु पनि कहिलेकाँही हानिकारक हुनसक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved