युरिक एसिड घटाउन सहयोग गर्ने तरकारी

नेपालभ्युज

युरिक एसिड घटाउन सहयोग गर्ने तरकारी

एजेन्सी । शरीरमा युरिक एसिडको मात्रा बढ्यो भने कैयौं अन्य समस्या बढ्ने डर हुन्छ । खासगरी युरिक एसिड भनेको शरीरमा निस्कने एउटा खराब तत्व हो जो धेरै भयो भने जोर्नीहरुमा दुखाई तथा हड्डीसम्बन्धी समस्या हुन्छ ।

यूरिक एसिडलाई सन्तुलनमा ल्याउन स्वस्थ जीवनशैली, खानपान तथा व्यायाममा ध्यान दिनुपर्छ । युरिक एसिडको मात्रा बढ्यो भने मिर्गौलाले फिल्टर गर्न सक्दैन त्यसपछि यसको मात्रा रगतमा मिसिन जान्छ ।

त्यसपछि युरिक एसिड जोर्नीका हड्डीमा क्रिस्टल बनेर जम्छ ।  जसकारण विरामीलाई कैयौं गम्भीर समस्या हुन्छन् । युरिक एसिडलाई सन्तुलित गर्नका लागि खानपानमा ध्यान दिन जरुरी छ ।

यहाँ जानौं युरिक एसिडलाई सन्तुलनमा राख्न मद्दत गर्ने तरकारीका बारेमा :

टमाटर

युरिक एसिडलाई कन्ट्रोल गर्न टमाटर खानु एकदमै फाइदाजनक छ । सन्तुलित मात्रामा टमाटरको सेवनले शरीरमा भएको युरिक एसिडलाई बाहिर निकाल्ने काम गर्दछ । टमाटरको एसिडिक गुणका कारण शरीरमा भएको युरिक एसिड फुटेर बाहिर आउँछ ।

ब्रोकाउली

ब्रोकाउलीले पनि युरिक एसिडलाई कम गर्छ । ब्रोकाउलीमा पाइने तत्वले युरिक एसिडलाई जम्नबाट रोक्छ । आफ्नो खानपानमा ब्रोकाउली अवश्य समावेश गर्नुस् तपाईंलाई युरिक एसिड कम गर्न फाइदा हुन्छ ।

गाजर

गाजर खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । गाजरमा पाइने एन्जाइम तथा एन्टीअक्सीडेन्ट गुणले शरीरमा भएको युरिक एसिडलाई कम गर्न सहयोगी हुन्छ । यसको सेवन गर्दा शरीरमा युरिक एसिड पनि कम मात्रामा बन्छ ।

चुकन्दर

चुकन्दरमा पाइने गुण तथा पौष्टिक तत्व शरीरका लागि एदकमै फाइदाजनक हुन्छन् । नियमित रुपमा चुकन्दर खाँदा शरीरमा मिनरल्स तथा एन्टीअक्सीडेन्ट तत्व प्रयाप्त मात्रामा पाइन्छ जसले शरीरको युरिक एसिडलाई सन्तुलनमा राख्न फाइदा पुग्छ ।

काँक्रो

काँक्रोमा पानीको मात्रा प्रयाप्त हुन्छ । दिनहुँ काँक्रो खाँदा शरीरमा भएको युरिक एसिड बाहिर आउँछ र शरीरमा युरिक एसिडको उत्पादन पनि कम हुन्छ ।

आफ्नो खानपिनमा हरियो सागपातलाई कत्तिपनि छुटाउनु हुँदैन । युरिक एसिड बढ्यो भने अन्य समस्या पनि बढ्न सक्छ त्यसैले समयमै यसको उपचार गर्नु बुद्धिमानी हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved