यती दुर्घटना अपडेट: विमानमा समस्या आएको पाइलटले जानकारी गराएका थिएनन्

दुर्घटना हुँदा पोखराको आकाश सफा थियो। दुर्घटना अघि सर्वसाधारणले विमानको भिडिओ खिचेका थिए। सामाजिक सञ्जालमा भाइरल भिडिओमा सफा आकाशमा विमान हल्लिएर उडिरहेको देखिन्छ।

नेपालभ्युज

यती दुर्घटना अपडेट: विमानमा समस्या आएको पाइलटले जानकारी गराएका थिएनन्

काठमाडौं। काठमाडौं। दुर्घटनामा परेको यति एयरलाइन्सको एटिआर विमानका पाइलटहरूले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको खुलेको छ। क्याप्टेन कमल केसी र अन्जु खतिवडाले समस्या बारे विमानस्थलको एयर ट्राफिकलाई जानकारी गराएका थिएनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै सर्ट फाइनलको क्रम(ल्यान्डिङ गर्ने तयारी)मा रहेको बेलामा विमान दुर्घटनामा परेको हो।
पोखरा टावरको भनाइ अनुसार मौसम बिहानदेखि नै राम्रो नै रहेको र मौसमलाई दोष दिने अवस्था नरहेको उनको भनाइ छ।

दुर्घटना हुँदा पोखराको आकाश सफा थियो। दुर्घटना अघि सर्वसाधारणले विमानको भिडिओ खिचेका थिए। सामाजिक सञ्जालमा भाइरल भिडिओमा सफा आकाशमा विमान हल्लिएर उडिरहेको देखिन्छ।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो।

दुर्घटनामा पर्ने यतीको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो। उक्त विमानलाई यती एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए। क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन।

यती दुर्घटना अपडेट : यी हुन् विमानमा सवार यात्रु 

यती यति दुर्घटना अपडेट : क्याप्टेन कमल केसीले उडाइरहेका थिए विमान

पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

यती जहाज दुर्घटना अपडेट : हालसम्म ३६ जनाको शव निकालियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved