यती जहाज दुर्घटना अपडेट : हालसम्म ३६ जनाको शव निकालियो

नेपालभ्युज

यती जहाज दुर्घटना अपडेट : हालसम्म ३६ जनाको शव निकालियो

काठमाडौं। आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचमा उद्दार चलिरहेको र हालसम्म ३६ जनालाई मृत अवस्थामा निकालिएको जानकारी दिए ।

उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए ।

खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

यात्रुको सूची

कृष्ण आचार्य, निसान्त आचार्य, शालिकग्राम आचार्य, अलिमाया सदाखात, अलितोनिना भेक्टोरिया, पूर्णबहादुर गुरुङ ,जितेन्द्रबहादुर गुरुङ, एलेना ब्यान्डुरो, अनिषा बानिया, शालोक भट्ट, निरा छन्त्याल, रुवान कालुम, क्रिन्टोम, असिमा गुरुङ, अनुषा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, रक्की गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ , यमुना गुरुङ, एस्मिन गुरुङ, रविन हमाल, एलेक्जेन्डर इसिडोर, संजय जेसुवाल, सोनु जेसुवाल, रचना काफ्ले, सीताकुमार खड्का, अनिलकुमार राजबार, भगवती कुँवर, अभिषेक कुशवाह, मेरन लभ, युरी लेजिङ, भिक्टर लेजिङ, ओम माया गुरुङ, जानितस्यान्ड्रा प्यालाभेकिनो, सुष्मा पाण्डे, हरि परियार, कृष परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, त्रिभुवन पौडेल, पुजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, आयुर्धी शर्मा, बेबी शर्मा, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा शुशील श्रेष्ठ, राजुसिंह ठकुरी, चुणा थापा, गणेश थापा, लबराज तिमिल्सिना, यु स्यान्ग्योन , ऐ खतिवडा, के राना एसआर ठकुरी र चालक कमल केसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved