यति दुर्घटना अपडेट : क्याप्टेन कमल केसीले उडाइरहेका थिए विमान

आइतबार बिहान पोखराका लागि उडेको एनलाइन–एएनसी एटीआर–७२ वायुयानका चालक दलका चारजना सदस्य थिए। एति एयरलाइन्सको यो विमान कमल केसीले चलाइरहेको थिए। अन्जु खतिवडा र सृजना मक्षु लगायत ‘क्याप्टेन क्रु’ सदस्य थिए।

नेपालभ्युज

यति दुर्घटना अपडेट : क्याप्टेन कमल केसीले उडाइरहेका थिए विमान

काठमाडौं। आइतबार बिहान पोखराका लागि उडेको एनलाइन–एएनसी एटीआर–७२ वायुयानका चालक दलका चार जना सदस्य थिए।

एति एयरलाइनसको सो विमान कमल केसीले उडाइरहेका थिए भने जसमा अञ्जु खतिवडा  कोपाइलट, एस हुन्चु र ओए मगर परिचारिकालगायत ‘क्याप्टेन क्रु’ सदस्य थिए।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको विमान दुर्घटना भएपछि उद्धार जारी छ।

पोखरा विमानस्थलनजिकै भएको दुर्घटनास्थलमा अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन्।

लागिरहेको विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ। उद्धार जारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारीले बताए।

केही व्यक्तिलाई अस्पताल लगिएको छ। यात्रुमध्ये ३ जना शिशु थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved