मध्यरातमा ब्यूझिँदा गर्नै नहुने काम

नेपालभ्युज

मध्यरातमा ब्यूझिँदा गर्नै नहुने काम

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझिने गर्छन् । ब्यूँझिएपछि फेरि निदाउन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरेका हुन्छन् ।

यहाँ हामीले मस्त निद्राबाट ब्यूँझिदा गर्नै नहुने कामका बारेमा केही जानकारी दिन खोजेका छौं ।

– राती ब्यूँझिएपछि चुरोट कहिल्यै पिउनु हुँदैन । चुरोट पिउनाले फेरि निद्रा पर्न गाह्रो हुन सक्छ । किनभने चुरोटमा हुने निकोटिनले निद्रामा प्रभाव पार्ने गर्छ ।

चुरोट पिउनु आफैमा हानिकारक हो भने मध्येरातमा चुरोट पिउनु झनै हानिकारक मानिन्छ ।

– जाडोयाममा अधिकांश मानिसको रतको समयमा चिया कफी सेवन गर्ने बानी नै हुन्छ यस्तो बानी बेलैमा सुधार्नु उचित हुन्छ । किनभने चियाकफीमा अधिक मात्रामा हुने क्याफिनले निद्रा भंग पारिदिन्छ ।

– कसैकसैलाई आधार रातमा निद्राले छोडे या भोक लागे खानेकुरा खाने बानी हुन्छ । यसरी रातको समयमा खानेकुरा खानाले मोटोपना बढाउँछ ।

– राती निद्रा नपर्दा कतिपयले रक्सी तथा मादक पदार्थ सेवन गर्ने गर्छन् । यसले केही समयमै निद्रा लागे पनि भित्रभित्रै असर पुर्‍याइरहेको हुन्छ । रक्सी सेवन गरेर सुत्दा बिहान शरीर भारी र आलस्य हुन्छ ।

– रातको समय ब्यूँझिएपछि टिभी हेरेर बस्नु उचित हुँदैन । मानिसहरु टिभी हेर्दाहर्दै निदाइन्छ भन्ने सोच्छन् तर यो गलत हो । टिभी हेर्नाले झनै निद्रा बिग्रिन्छ ।

पछि सपनामा पनि टिभीमा देखेका कुराहरु आउँदा थकित महसुस हुनुको साथै दिमागको थकान मेटिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved