गण्डकी प्रदेश : सभामुखको निर्वाचन हुँदै

नेपालभ्युज

गण्डकी प्रदेश : सभामुखको निर्वाचन हुँदै

काठमाडौं । गण्डकी प्रदेश सभाको सभामुखको निर्वाचन शनिवार (आज)का लागि तय भएको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिवार बैठक बोलाएका हुन्।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ । सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ । माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

पार्टीको संसदीय दलको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

गण्डकी प्रदेशमा शुक्रबार मात्र मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved