घनश्याम भुसाललाई एकीकृत समाजवादीले पठायो स्वागतपत्र, केही दिनमै प्रवेश गर्ने तयारी

नेपालभ्युज

घनश्याम भुसाललाई एकीकृत समाजवादीले पठायो स्वागतपत्र, केही दिनमै प्रवेश गर्ने तयारी

काठमाडौं। नेकपा (एमाले) छाडेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाललाई नेकपा एकीकृत समाजवादीले स्वागत पत्र पठाएको छ।

नेता भुसाललाई बुधबार साँझ नेकपा एसले पत्र पठाएको र उनी केही दिनमै पार्टीमा प्रवेश गर्ने तयारी रहेको नेकपा एसका एक नेताले बताए।नेता भुसालले सोमबार नेकपा एसमा प्रवेश गर्न लागि वामपन्थी एकताको प्रस्ताव पठाएका थिए।

नेकपा एसले नेता भुसालले उठाएको प्रस्तावलाई सम्बोधन गर्ने गरी पत्र पठाएको हो।

भुसालले नेकपा एकीकृत समाजवादीमा महासचिव पद मागेका छन्। तर, उनलाई सुरुमा सचिवालय सदस्य दिने पार्टीको तयारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved