हाम्रो नेपाली पार्टीले भन्यो- बलियो प्रतिपक्षविहीन संसद बनेकोप्रति दुखित छौं

नेपालभ्युज

हाम्रो नेपाली पार्टीले भन्यो- बलियो प्रतिपक्षविहीन संसद बनेकोप्रति दुखित छौं

काठमाडौँ । हाम्रो नेपाली पार्टीले संसद बलियो प्रतिपक्षविहीन  बनेकोप्रति दुखित बनेको बताएको छ ।   लोकतन्त्रको सुन्दरता भनेकै जिम्मेवार र बलियो प्रतिपक्ष भएपनि त्यसो हुन नसक्नु बिडम्बना भएको पार्टीका प्रवक्ता रोहन कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘अहिले सत्ता र भागबण्डाको स्वार्थ केन्द्रीत अवस्थाले गर्दा कुनै दल प्रतिपक्षमा बस्नै नहुने जस्तो देखिनु जनताको भावना विपरित हो कि भन्ने हामिलाइ भान भएको छ, यस अवस्थालाई मध्यनजर गर्दै हाम्रो नेपाली पार्टी (लौरो अभियान) जनता सँगै रहेर हरेक मुद्दामा जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्दछौं, ’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालमा ठुला–ठुला राजनितिक परिवर्तनहरु भए पनि जनताको अवस्थामा खासै उल्लेख्य परिवर्तन नभएको बताएको यस पार्टीले  यस्तो अवस्थामा २७० उपस्थित सांसद मध्ये २६८ जनाको समर्थन प्राप्त गरी प्रधानमन्त्री बनेकामा पुष्पकमल दाहाल (प्रचण्ड) लाई पार्टीले बधाइ तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

हाम्रो नेपाली  पार्टीले   जनताको पक्षमा सफलता पूर्वक काम गर्न, देशको अर्थतन्त्र सुधार्न र देशलाई आत्मनिर्भर बनाउन प्रचण्ड र उनको सरकार सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved