खानाको गन्धले पनि मान्छे मोटाउँछ !

नेपालभ्युज

खानाको गन्धले पनि मान्छे मोटाउँछ !

एजेन्सी । मोटोपनबारे एक अध्ययन गरिएको थियो जसमा आश्चर्यजनक नतिजा बाहिर आएको छ। यस रिपोर्टका अनुसार अधिक तौल भएका मानिसका लागि खानाको गन्ध निकै खतरनाक हुन्छ ।

यस रिपोर्टका अनुसार खानाको गन्धले मुखमा र्‍याल र पेटमा गडबडी हुने गर्छ । यसले मस्तिष्कमा प्रतिक्रिया निम्त्याउँछ र प्यान्क्रियाजमा इन्सुलिन उत्पादन हुन्छ ।

जसले गर्दा रगतमा चिनीको नियन्त्रण गर्न मद्दत गर्छ । यस अध्ययनमा वैज्ञानिकले मोटोपना भएका मानिसले खानाको सुगन्ध लिँदा निस्कने नतिजा एकदमै अचम्मलाग्दो रहेको पत्ता लगाए । अधिक तौल र मोटोपनले इन्सुलिन उत्पादन घटाउँछ र वजन नियन्त्रण गर्न गाह्रो बनाउँछ ।

बासेल विश्वविद्यालयमा गरिएको अध्ययनले मुसालाई कृत्रिम खाना र वास्तविक खानाको सम्पर्कमा आएपछि उत्तेजक रसायनले इन्सुलिन उत्पादन मापन गरिएको थियो ।

वैज्ञानिकले कम तौल भएका मुसाको आहारले इन्सुलिन उत्पादनमा कुनै फरक नपरेको पत्ता लगाए । जबकी बढी तौल भएका मुसामा पहिलेको तुलनामा इन्सुलिन कम बनाएको देखायो ।

त्यसैगरी कृत्रिम खानाले गर्दा कुनै पनि किसिमको गन्ध नआएका कारण मुसामा कुनै प्रतिक्रिया देखिएन ।

यस अध्ययनका प्रमुख प्रोफेसर मार्क डोनाथले यस्तो किन हुन्छ भनेर बताएका छन् । उनले भने ‘मोटोपना र मधुमेहले पुरानो सूजन निम्त्याउँछ जसमा तीव्र उत्तेजनाको कुनै प्रभाव हुँदैन ।

यो एउटा म्याराथन धावकले ४२ किलोमिटर पछि १०० मिटर छिटो दौडन नसक्ने जस्तै हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved