बच्चा भएपछि सम्बन्धमा आउने दुरी मेटाउन अपनाउनुहोस् यस्ता उपाय

नेपालभ्युज

बच्चा भएपछि सम्बन्धमा आउने दुरी मेटाउन अपनाउनुहोस् यस्ता उपाय

एजेन्सी ।

बच्चा भएपछि धेरै जसो जोडीको सम्बन्धमा दुरी आउन थाल्छ । यस्तो हुनुको पछाडि बच्चा भइसकेपछि दुवैजनामा जिम्मेवारी बढ्न जान्छ जसले गर्दा उनीहरु एकअर्काबीच समय बिताउन पाउँदैनन् ।

दिनभर बच्चालाई सम्हाल्ने, उनीहरुकै इच्छा पूरा गराउने साथै घरका जिम्मेवारी पूरा गर्न श्रीमान श्रीमती नै लागिरहेका हुन्छन् । यस्तोमा श्रीमान श्रीमतीकै बीचमा दुरी आउन थाल्छ ।

यस्तो अवस्थामा सम्हाल्न सकिएन भने सानो सानो दुरीले सम्बन्ध टाढा पनि बनाउन सक्छ । तपाईं पनि बच्चा भएपछि यही परिस्थितिबाट गुज्रिरहनुभएको छ भने केही टिप्स बताउनेछौं जसले गर्दा सम्बन्ध फेरि गाढा भएर जानेछ ।

एकअर्काका लागि समय निकाल्ने

बच्चा भएपछि कतिपय अवस्थामा हामी एकअर्काका लागि समय निकाल्न बिर्सन्छौं । बच्चा भए पछि पनि आफू दुईको लागि केही समय निकाल्नुहोस् ।

कतिपय अवस्थामा तपाईं बच्चालाई घरका अन्य सदस्यको जिम्मामा दिन सक्नुहुन्छ । वा घरमै पनि बच्चा सुतेको वा खेलिरहेको अवस्थामा दुई जनाको लागि समय मिलाउन सक्नुहुन्छ । सम्बन्धमा समय नदिनुका कारण सम्बन्धमा तिक्तता पैदा हुन थाल्छ ।

निद्रा पूरा लिने गर्नुस्

कतिपय अवस्थामा श्रीमानश्रीमतीमा निद्रा पूरा नहुँदा पनि सम्बन्धमा दुरी पैदा हुन सक्छ । यस्तो अवस्थामा उनीहरुलाई ध्यान दिन जरुरी छ, दुवैले पूरा निद्रा लिने प्रयास गर्ने ।

यदि बच्चा रातभर जाग्ने खालको छ भने पनि त्यसको रुटिन बनाउनुस् बच्चालाई पालैपालो हेर्ने । अथवा, बच्चालाई पनि दिउँसो धेरै नसुत्ने रातिमा नै सुत्ने खालको रुटिन बनाइदिनुस् । त्यसो गरियो भने बच्चा सुत्छ र तपाईं दुईले आफ्नो लागि समय निकाल्न सक्नुहुन्छ ।

घुम्न जाने

हनीमून जस्तै हिजोआज बेबीमुनको पनि चलन आएको छ । दैनिक कामकाजबाट यो एउटा छोटो विश्राम पनि हुन्छ । बेबीमुनमा मानिसहरु किन पनि जाने गर्छन् भने उनीहरु त्यहाँ आफ्नो लागि समय निकाल्न सक्छन् ।

त्यहाँ उनीहरु घरको तथा बाहिरको कामकाजबाट फ्रि हुन्छन् जसले गर्दा उनीहरुले एकअर्कासँग समय बिताउन सक्छन् ।

आफूलाई बेवास्ता नगर्ने

अरुलाई प्रेम गर्नुपूर्व एकदमै जरुरी छ आफूलाई प्रेम गर्नु । त्यसैले आफूलाई बेवास्ता कहिल्यै गर्नुहुँदैन । जब कोही व्यक्तिले आफूलाई प्रेम गर्छ ऊ खुशी पनि हुने गर्छ ।

सम्बन्धलाई बलियो बनाइरहनको लागि आफूलाई प्रेम गर्नु पनि एकदमै जरुरी छ । यदि तपाईं आफैसँग खुशी हुन सक्नुभएन भने अरुसँग पनि खुशी हुन सक्नुहुने छैन ।

बच्चा भएपछि पतिपत्नीमा आउने नयाँ जिम्मेवारीबाट डराउनु हुँदैन । यसलाई पनि एउटा रुटिन बनाएर लैजानु पर्छ । कामलाई दुवैजनाबीच बाँडेर गर्दा सजिलो हुन्छ ।

दुवैले एकअर्काको समस्या बुझ्ने प्रयास गर्‍यो भ मायाप्रेम बनाइरहन मद्दत गर्दछ । एकअर्काबीच कुराकानी बन्द गर्नुहुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved