ग्रिनफिल्ड जुनियर उसु माघमा

नेपालभ्युज

ग्रिनफिल्ड जुनियर उसु माघमा

काठमाडों। कालभैरब उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनमा  क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो।

प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र थाउलु विधामा १७ गरी कुल ३५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै कालभैरब उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठले जुनियर बाटै भविष्यमा प्रतिभावान् खेलाडी पहिचान गर्न सकिने र अरुलाई पनि यस्तो प्रतियोगिता आयोजना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए । यस प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थपिनुका साथै खेल स्तर वृद्धिमा समेत टेवा पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।

करिव ९ लाख ९४ हजार अनुमानित बजेटमा हुन लागेको कालभैरब उसु क्वानका कोषाध्यक्ष विजय सिन्जालिले जानकारी गराए ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने साथै थाउलु र सान्सौ विधाका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई ट्रफीसहित सम्मान गर्ने क्वानका सचिव हरिप्रसाद गोलेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved