यो सरकारमा कांग्रेस सहभागी हुँदैन : देउवा

नेपालभ्युज

यो सरकारमा कांग्रेस सहभागी हुँदैन : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् । उनले भने, ‘नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन । हामी प्रतिपक्षी भूमिकामा बस्ने छौं ।’ यद्यपि, उनले सरकारलाई विश्वासकाे मत भने दिने बताए ।

देउवाले गुण र दोषका आधारमा सरकारको मूल्यांकन गर्ने बताए । उनले संसदमा सशक्त विपक्ष नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिकामा रहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved