सीके राउतले भने-मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिएर बोल्दा नयाँ अनुभूति भयो

‘‘कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो। त्यो ठाउँमा आज आफैँ आएर उभिँदा नयाँ अनुभूति दिएको छ। यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु,’’ उनले भने।

नेपालभ्युज

सीके राउतले भने-मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिएर बोल्दा नयाँ अनुभूति भयो

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो नाम पनि लिन निषेध रहेको ठाउँमा बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन्।

संसद्को पहिलो बैठकमा सोमबार धारणा राख्दै उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको बताए।

‘‘कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो। त्यो ठाउँमा आज आफैँ आएर उभिँदा नयाँ अनुभूति दिएको छ। यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु,’’ उनले भने।

राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए। सीके राउतले लोकतान्त्रिक व्यवस्थाको निम्ति जनमत पार्टी सदैव लाग्ने समेत प्रतिबद्धता जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved