अनार एक, फाइदा अनेक

नेपालभ्युज

अनार एक, फाइदा अनेक

एजेन्सी। त्यसो त फलफूलहरु सबै नै फाइदाजनक हुने गर्छन् । तर कतिपय फलफूल स्वास्थ्यका लागि अति बढी नै फाइदाजनक पनि हुन्छन् । त्यसै मध्य पर्छ अनार । अनारका पनि धेरै फाइदाहरु छन् । आउनुहोस् जनौँ अनारका विभिन्न फाइदाहरु-

– अनार खाइरहने व्यक्तिलाई हृदयघात र स्टेकको जोखिम कम हुन्छ ।
– अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्तअल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।
– अनारको नियमित सेवन गर्नाले प्रोस्टेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
-अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।
– अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धी समस्याबाट छुट्कारा मिल्छ ।
-गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएका व्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।
– अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved