लामो दुरीको सम्बन्ध राम्रो बनाइरहने तरिका

नेपालभ्युज

लामो दुरीको सम्बन्ध राम्रो बनाइरहने तरिका

एजेन्सी । लामो दुरीका सम्बन्धहरुमा छिट्टै तिक्तता पैदा हुने र धेरै समयसम्म नटिक्ने गरेका प्रसस्तै उदाहरणहरु हाम्रो समाजमा भेटिन्छन् ।

किनकी दुरीको साथै मनमा पनि दुरी बढ्न थाल्छ । लामो दुरी जस्तै भावनामा पनि दुरी देखिन थाल्छ ।

लामो दुरीको सम्बन्धमा जोडी आफ्नो भावनाहरु एक अर्कासँग बाँड्न असफल भइरहेका हुन्छन् । जसको कारण सम्बन्धहरु कमजोर हुँदै जान्छन् र अन्त्यमा टुट्ने पनि गर्छ ।

लामो दुरीका सम्बन्धहरु बचाउन विभिन्न उपायहरु अपनाएर सम्बन्धमा मिठास ल्याउन सकिन्छ । जसको लागि केही उपायहरु यहाँ उल्लेख गरिएका छन् ।

दिनहुँ फोन वा म्यासेज गर्ने

त्यस्तो त अहिलेको दुनियाँ नै मोबाइल फोनमा टिकेको छ । तर कुनै पनि सम्बन्धलाई प्रगाढ बनाइरहन उससँग सधैं सम्पर्कका रहन जरुरी छ ।

कुनै एक निश्चित समय निकालेर दिनहुँ फोन वा म्यासेज गर्नुहोस् । एक अर्काको बारेमा प्रतिक्रिया जनाउनुहोस् र लामो समयसम्म कुराकानी गर्न सकिन्छ ।

साथै सुत्नुअघि सधैं म्यासेज वा फोन गर्ने र दिनभरीको गतिविधिको बारेमा भन्ने र सोध्ने । भिडियो च्याट गर्न पनि सकिन्छ । जतिसक्दो सम्पर्कमा रहने कोसिस गर्ने ।

सरप्राइज दिने

आफ्नो पार्टनरको लागि समय निकाल्नुहोस् र उनीहरुलाई सरप्राइज दिनको लागि विदा मिलाएर उनीहरु भएको ठाउँमा जानुहोस् ।

उपहार दिने

तपाईं आफ्नो पार्टनरलाई कार्ड, चकलेट जस्तो उपहार पठाउन सक्नुहुन्छ । यस्तो उपहारहरुले व्यक्तिलाई खुशी बनाउन मद्दत मिल्छ ।

रोमान्टिक म्यासेज गर्ने

विभिन्न सामाजिक सञ्जालमा आफ्नो पार्टनरसँग जोडिनुहोस् र रोमान्टिक म्यासेज गर्नुस् । जस्तै ः आइ लव यु, आइ मिस यु, जस्तो शब्दहरु धेरै प्रयोग गर्नुस् । साथै भावनात्मक म्यासेजहरु पनि धेरै गर्न सकिन्छ ।

यसरी विभिन्न तरिकाले सम्पर्कमा रहिरहँदा टाढाको सम्बन्ध पनि सधैं गाढा भइरहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved