नेपाल समाजवादी पार्टीको बैठक बस्दै, पार्टी एकताको विषय मूख्य एजेन्डा

नेपालभ्युज

नेपाल समाजवादी पार्टीको बैठक बस्दै, पार्टी एकताको विषय मूख्य एजेन्डा
फाइल तश्वीर

काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा विहान ११ बजेदेखि सुरु हुने पार्टीले जानकारी दिएको छ ।

बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मूख्य रुपमा छलफल हुने बताइएको छ ।

समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै  नेसपाले सम्वादको लागि सम्वाद समिती पनि गठन  गर्नेछ ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय र आगामी रणनीति लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved