सरकार चलाउनका लागि मात्रै होइन, राम्रो काम गर्नका लागि मिलौं : अध्यक्ष तिमिल्सिना

नेपालभ्युज

सरकार चलाउनका लागि मात्रै होइन, राम्रो काम गर्नका लागि मिलौं : अध्यक्ष तिमिल्सिना
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार चलाउनका लागी मात्रै नभई रामो काम गर्नका लागि मिल्न वर्तमान गठबन्धन सरकारलाई आग्रह गरेका छन् ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले राम्रो काम गर्नुपर्ने स्पष्ट पारे ।

राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताए । उनले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताए ।

उनले चुनावमा जनतामाझ गरिएका प्रतिवद्धता अनुसार काम गर्न पनि मन्त्रीहरु लाग्नुपर्ने बताए । उनले भने, ‘सुशासन र सुव्यवस्था भन्ने कुरा हर क्षेत्रमा चाहिने हो नि त । सरकारी सेवामा नागरिकता बनाउँदा, अहिले पासपोर्ट दिने कुरामा पनि झमेला । अव त्यस्ता केही कुराहरु छन भने त्यसलाई तत्काल हटाउनु पर्‍यो । चाहे त्यो नागरिकता दिन सिफारिस दिने कुरा होस् र उद्योगधन्दा खोल्नु पर्‍यो यो, पैसा नखुवाई हुन्न भन्ने कुरा सुन्न पर्‍यो भने त्यो सुशासन हुुन्छ ? उद्योगधन्दा गर्छु भन्दा हुँदाहुँदा कर तिर्न जाँदा पनि घुस खुवाउनु पर्‍यो  भने त्यो कसरी सुशासन हुन्छ ? तीर्न जाँदा पनि अर्को खर्च गर्नु पर्‍यो  भने त भएन नि ।’

‘अवका दिनहरुमा हामी सबैले खासगरी निर्वाचित जनप्रतिनिधिहरुले मैले के गरे भनेर दैनिक हेरेर गठबन्धन सरकारको नियति त रहिरहन्छ । आलोपालो सबैलाई मन्त्री पुर्‍याउनु पर्ने हुन्छ । एउटाको बहुमत नआएपछि मिलीजुली नै सरकार जानुपर्ने हुन्छ । तर मिले पनि राम्रो गर्नका लागि मिलौं । सरकार चलाउनका लागि मात्रै होइन । जे बोल्छौं त्यो गर्ने हो भने राम्रो हुन्छ । किनभने बोल्न त कसैले नराम्रो बोल्नु हुन्न । बोल्ने कुरा मन्त्रीहरुको राम्रै छ । चुनावमा भोट माग्न जाने कुरा राम्रै छ । त्यही गरिदिए त पुगिहाल्यो नि । बोलेका कुराहरु गरिदिए धेरै राम्रो हुन्छ,’ उनले भने ।

अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवर्द्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो व्यवसायमा आवद्ध मजदुरहरुको सेवा, सुविधामा विशेष ध्यान दिन पनि व्यवसायीहरुलाई सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved