गठबन्धन कति टिकाउ हुन्छ यसै भन्न सकिँदैन : माधव नेपाल

उनले देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्नेकुरा सहजै अनुमान लगाउन नसकिने बताए ।

नेपालभ्युज

गठबन्धन कति टिकाउ हुन्छ यसै भन्न सकिँदैन : माधव नेपाल
फाइल तस्विर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्ने बताएका छन् ।

शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्नेकुरा सहजै अनुमान लगाउन नसकिने बताए ।

अध्यक्ष नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले पदमा को बस्छ भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्नेकुरामा ध्यान दिनुपर्ने बताए।

नेपालले भने, ‘अहिले हाम्रो देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको छ । यसबीचमा नाटकीय परिवर्तन भए । एउटा गठबन्धन अघि बढीरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो । यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन । हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायित्व होस् ।’

उनले सरकारलाई जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्न सुझाव पनि दिए । नेपालले भने, ‘हाम्रो राजनीतिमा रहेका जतिपनि विसंगतिहरु छन्, हाम्रो प्रशासनिक क्षेत्रमा रहेका जतिपनि विकृति छन्, समाजका यावत चुनौती सम्बोधन गर्नेगरी सरकार अघि बढ्नुपर्छ । एक अर्काप्रतिको विश्वास, कमजोर भएको छ यो दुःखको कुरा हो।’

अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved