देउवालाई नेपालको आग्रह- प्रचण्डप्रति साह्रै नकारात्मक नहुनूस्

गठबन्धन भत्काउनका लागि देउवाले केही नेताहरूलाई खटाएकोसमेत बताइन्छ । तर, नेपालले भने नकारात्मक नहुन भनेका हुन् । 

नेपालभ्युज

देउवालाई नेपालको आग्रह- प्रचण्डप्रति साह्रै नकारात्मक नहुनूस्

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्किएपछि छुटेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भयो । शुक्रबार साँझ देउवानिवास धुम्बाराहीमा भएको भेटमा लामै अन्तरङ्ग कुराकानी भएको थियो ।

कुराकानीका क्रममा नेपालले देउवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति साह्रै-धेरै नकारात्मक नहुन आह्वान गरे । एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालभ्यूजसँग भने, ‘उहाँ (माधवकुमार नेपाल) ले सभापतिज्यूलाई प्रधानमन्त्रीप्रति धेरै नकारात्मक नहुनूस् भनेर भन्नुभयो ।’

त्यसमा सभापति देउवाले जवाफ नदिएको ती पदाधिकारी बताउँछन् ।

प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने देउवाको अडानपछि पाँचदलीय गठबन्धन भत्किएको थियो । अहिले प्रधानमन्त्री प्रचण्डप्रति देउवा खासरूपमा सकारात्मक देखिँदैनन् । उनी नेकपा (एमाले) नेतृत्वको सातदलीय गठबन्धन भत्काउन चाहन्छन् ।

गठबन्धन भत्काउनका लागि देउवाले केही नेताहरूलाई खटाएकोसमेत बताइन्छ । तर, नेपालले भने नकारात्मक नहुन भनेका हुन् ।

नेपालको दल एकीकृत समाजवादीले भने विश्वासको मत दिनेबारे छलफल गरेको छ । सरकारमै सहभागी हुनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved