फ्रिजमा राख्न नहुने खानेकुरा

नेपालभ्युज

फ्रिजमा राख्न नहुने खानेकुरा

एजेन्सी । सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो ।

कतिपय चिज फ्रिजमा राख्दा हामीले सोंचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ । त्यसो भए के के कुरा फ्रिजमा नराख्ने त त्यसबारे आज हामी जान्ने प्रयास गर्नेछौं ।

पाउरोटी

पाउरोटीलाई फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा ब्रेड सुक्खा हुन्छ । राख्नु नै छ भने प्लास्टिकमा बेरेर फ्रिजरमा मात्रै राख्न सकिन्छ । तर,खानुअघि फ्रिजरबाट निकालेर केहीबेर बाहिरी वातावरणमा राख्नु राम्रो हुन्छ ।

गोलभेंडा

गोलभेंडा गर्मी वातावरणमा फल्ने फल हो । यो तरकारी होइन फल हो, जसलाई धेरै पानी र घाम आवश्यक पर्छ । चिसो मौसममा यो राम्रोसँग फल्न सक्दैन । त्यस्तै फ्रिजमा राख्दा पनि यो झन् छिटो गल्ने र बिग्रने गर्छ ।

केरा

केरा पनि फ्रिजमा राख्दा छिटो छिटो काला धब्बाहरु निस्किन्छ । चिसो राखेको केराबाट इथाइलिन नामको ग्यास निस्किन्छ, जसले आसपासमा राखेको फलफूललाई पनि छिटै गलाइदिन्छ ।

मह
फ्रिजमा राखेपछि महको गाढापन र वास्तविक स्वाद परिवर्तन हुन थाल्छ । फ्रिजबाहिर राखेरै मह लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

कागती–सुन्तला

कागती, सुन्तला, अमिलो जस्ता फल फ्रिजको चिसोमा राख्दा बोक्रामा चाँडै दाग देखिन्छ र बिग्रन थाल्छ । फ्रिजमा राख्दा स्वाद पनि बिग्रन्छ भने रस पनि सुक्छ ।

स्याउ

स्याउ पनि फ्रिजमा नराख्नु नै उत्तम हुन्छ । फ्रिजमा राख्ने नै भए पहिले कागजमा बेरेर तरकारी राख्न बनाइएको सेल्फमाथि व्यवस्थापन गर्नुपर्छ ।

काँक्रो

काँक्रो पनि धेरैले फ्रिजमै राख्ने गर्छन् । प्रायः गर्मी मौसममा फ्रिजमा राखेको चिसो काँक्रो खाने मन धेरैलाई हुन्छ ।

तरबुजा

काटेपछि तरबुजा र खरबुजा फ्रिजमा राख्न सकिन्छ तर सिँगो दानालाई कहिल्यै फ्रिजमा नराख्नुहोस् । यो फलमा अत्यधिक एन्टीअक्सीडेन्ट हुन्छ, जुन फ्रिजमा राखेपछि बिग्रन्छ ।

आलु

फ्रिजमा राखेपछि आलुका स्टार्च चिनीमा बदलिन्छ र स्वादमै असर पर्छ । आलुलाई घाम र धेरै चिसो दुबैबाट टाढा राख्नुपर्छ ।

प्याज

आलु जस्तै प्याज पनि फ्रिजमा राख्दा स्वादमै फरक पर्छ । फ्रिजमा राखेपछि नराम्रोसँग गल्छ । प्याजलाई पनि सुक्खा र अँध्यारो ठाउँमा राख्नु उत्तम हुन्छ ।

लसुन

लसुन फ्रिजमा राख्दा अंकुराउन थाल्छ । बाहिर लसुन र प्याज सँगै राख्न भने सकिन्छ ।

जैतुनको तेल

जैतुनको तेल (ओलिभ) खान मात्रै होइन, कपाल र शरीरमा लगाउन पनि प्रयोग गरिन्छ । तर यसलाई कहिल्यै फ्रिजमा राख्नु हुँदैन । कम ताक्रममा राख्दा यस्तो प्राकृतिक गुण नष्ट हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved