चेल्सी फुटबल क्लबका पूर्व स्ट्राइकर तथा म्यानेजर जियानलुका भियालीको निधन

उनलाई सन् १९९२ मा युभेन्टसले १२ मिलियन स्टर्लिङ पाउन्डको विश्व किर्तिमानी मुल्यमा आबद्ध गरेको थियो।

नेपालभ्युज

चेल्सी फुटबल क्लबका पूर्व स्ट्राइकर तथा म्यानेजर जियानलुका भियालीको निधन

काठमाडौं। चेल्सी फुटबल क्लबका पूर्व स्ट्राइकर तथा म्यानेजर जियानलुका भियालीको निधन भएको छ। प्यान्क्रियाटिक क्यान्सरका विरामी रहेका भियालीको आज शुक्रबार ५८ वर्षको उमेरमा मृत्यु भएको हो।

सन् २०१७ मा भियालीमा क्यान्सर देखिएको थियो। सन् २०२० अफ्रिलमा उनले क्यान्सर मुक्त भएको घोषणा गरेका थिए। सन् २०२१ मा उनमा फेरि क्यान्सर देखिएको थियो।

उनले स्वास्थ्यका कारण डिसेम्बरमा इटालीको राष्ट्रिय टोलीको प्रशिक्षकको पदबाट अस्थायी बिदा लिएका थिए। उनले इटालीको लागि ५९ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका थिए्। युभेन्टसलाई च्याम्पियन्स लिग जिताउनु पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

८ सिजनका लागि भियाली साम्पडोरियाक्लबमा हुँदा उनले सीरि ‘ए’ र ‘युरोपियन कप विन्र्स कप’ को उपाधि जित्न महत्वपूर्ण भूमिका खेलेका थिए। यसपश्चात उनलाई सन् १९९२ मा युभेन्टसले १२ मिलियन स्टर्लिङ पाउन्डको विश्व किर्तिमानी मुल्यमा आबद्ध गरेको थियो।

सन् १९९६ मा भियाली चेल्सीमा आबद्ध भए। सन् १९९८ मा उनी प्लेयर–म्यानेजर भए। भियाली इङ्लिश प्रिमियर क्लब व्यवस्थापन गर्ने पहिलो इटाली पनि बने।उनको प्रशिक्षणमा चेल्सीले ‘लिग्स् कप’, ‘यूईएफए कप विन्र्स कप’ र ‘यूईएफए सुपर कप’ को उपाधि पनि जित्न सफल भयो। साथै सन् २००० मा चेल्सीले ‘एफए कप’ र ‘च्यारिटी शिल्ड’ पनि जितेको थियो।

सन् २००१ कोे सिजनमा कमजोर सुरुवात गरेसँगै चेल्सीले उनलाई बर्खास्त गरेको थियो। सन् २००१–२००२ को सिजनमा उनले थोरै समय वार्टफोर्डमा पनि काम गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved