नेपाल टी-२० लिग : विराटनगरले दियो फारवेस्टलाई १४८ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी-२० लिग : विराटनगरले दियो फारवेस्टलाई १४८ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले फारवेस्ट युनाईटेडलाई १४८ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले पूरै ओभर खेल्दा ६ विकेटको क्षतिमा १४७ रन बनायो।

विराटनगरको लागि हुसेन तलतले ५० र विवेक यादवले २२ रन जोडे। फारवेस्टको लागि हश्मतुल्लाह शहिदीले २ तथा दुर्गेश गुप्ता र करन केसीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved