कब्जियत भयो भन्दैमा औषधी प्रयोग नगरौं

नेपालभ्युज

कब्जियत भयो भन्दैमा औषधी प्रयोग नगरौं

एजेन्सी । कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधिको प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधीका कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ ।

त्यस्तै, औषधी सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ ।

एलोप्याथिक औषधीको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधीले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ ।

त्यसैले कब्जियतलाई पूर्ण रुपमा निको पार्ने भनेको जीवनशैलीमा ल्याउने परिवर्तनबाटै हो । साथै खानपानलाई एकदमै ध्यान दिन जरुरी छ । प्रसस्त मात्रामा पानी पिउनु पनि एउटा सजिलो र राम्रो उपाय हो कब्जियत ठिक गर्ने । साथै रेसादार खानेकुराहरु खानुपर्छ ।

साथै कब्जियत हटाउन सन्तुलित भोजन आवश्यक छ । मेवा, केरा, स्याउ, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ । त्यस्तै, किसमिस, बदाम आदिले पनि कब्जियतमा राहत मिल्छ ।

अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

तपाईंले आफ्नो खानपानमा केही परिवर्तन गर्नुभयो भने कब्जियत आफै ठिक भएर जान्छ । तेलमा तारेको तथा मैदाबाट बनेका खानेकुराबाट टाढै बसेको राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved