पार्टनरले पटक-पटक यी ५ गल्ती गर्छन् भने सम्बन्ध तोडिहाल्नुस्

नेपालभ्युज

पार्टनरले पटक-पटक यी ५ गल्ती गर्छन् भने सम्बन्ध तोडिहाल्नुस्

एजेन्सी । लामो समयदेखि चलिरहेको सम्बन्धबाट अचानक बाहिर आउन जो कसैलाई पनि गाह्रो हुने गर्दछ । तर कतिपय अवस्थामा परिस्थिति यस्तो बन्दै जान्छ कि सम्बन्ध जोडिराख्न पनि एकदमै सकस हुने गर्दछ ।

त्यसैले त्यस्तो परिस्थितिमा सम्बन्धलाई विराम लगाउनु नै सही हुन्छ । सम्बन्धमा रहनका लागि कैयौं कारणहरु हुन सक्दछन्, तर सम्बन्ध तोड्नका लागि एउटै कारण पनि काफी हुन्छ ।

प्रेममा सानातिना झगडा हुनु स्वभाविक हो, तर त्यस्ता सानातिना झगडाले ठूलो रुप लिन थाल्नु भनेको राम्रो होइन ।

सम्बन्धमा कहिलेकाँही यस्तो समय पनि आउँछ जतिबेला हामीले आफ्नो पार्टनरका यस्ता गल्तीलाई पनि माफ गर्न थाल्छौं जसले हाम्रो मन दुःखीरहेको हुन्छ । र त्यस्तो कुरा राम्रो सम्बन्धका लागि कदापी ठिक हुँदैन ।

पार्टनरका सानातिना गल्ती माफ गर्न सकिन्छ तर यदी पटक पटक गल्ती दोहोरिने गर्छन् भने त्यस्तो सम्बन्धलाई तोडेर अगाडि बढ्नु नै सही निर्णय हुन्छ । यहाँ जानौं त्यस्ता पाँच के गल्ती हुन् जुन तपाईंको सम्बन्धमा घटिरहेका छन् भने सम्बन्ध तोडेर अगाडि बढ्ने बारे सोंच्नै पर्छ ।

१. पटक पटक झुठ बोल्नु

झुठ बोल्नु कुनै पनि सम्बन्धका लागि राम्रो होइन । कैयौं पटक तपाईंको पार्टनरले सम्बन्धलाई राम्रो बनाउनका लागि झुठ बोलेको भनेर बच्ने उपाय खोज्न सक्छन् । तर यदी तपाईंले आफ्नो पार्टनरले पटक पटक झुठ बोलेको थाहा पाइरहनुभएको छ भने सचेत हुनुहोस् ।

किनकी जुन सम्बन्धमा पटक पटक झुठ बोल्ने आवश्यकता पर्छ त्यस्तो सम्बन्ध ठिक हुँदैन । त्यसैले पार्टनरसँग सिधा कुरा गरेर अगाडि बढ्ने बारे फैसला गर्नुहोस् ।

२. लगातार म्यासेज तथा कल रिप्लाई नगर्नु

कैयौं पटक मानिस म्यासेज तथा कलको रिप्लाई गर्न भ्याउँदैनन् किनकी उनीहरु व्यस्त हुन्छन् । यदी कहिलेकाँही यस्तो हुन्छ भने त्यो ठिक छ । तर यदी तपाईंको पार्टनरले लगातार यस्तो गर्छन् भने कारण जान्ने कोसिस गर्नुहोस् ।

तपाईंलाई आफ्नो पार्टनरको दैनिक रुटिन थाहा हुनुपर्छ ताकि जतिबेला पनि उनलाई कामको समयमा कल गरेर बाधा नपुर्‍याउनुहोस् ।

तर यदी उक्त समयबाहेक पनि तपाईंको कलको रिप्लाई नगर्ने, समयमा फोन नउठाउने खालको व्यवहार सधैं हुन्छ भने तपाईंले एकपटक सोंच्नुपर्ने हुन्छ ।

३. हरेक कुरामा लडाईं

यदी तपाईंको पार्टनर हरेक कुरामा तपाईंसँग लडाईं गर्छन् भने तपाईंको सम्बन्धमा केही नराम्रो भइरहेको छ । कोही एकको दिमागमा कुनै अरु कुरा खेलिरहेको पनि हुन सक्छ । वा अन्य केही सानो वा ठूलो समस्या पनि हुन सक्छ ।

पहिला त्यसलाई बसेर आरामसँग समस्यालाई केलाएर समाधान गर्ने प्रयास गर्नुस् । यदी समाधान नै हुँदैन झनै खराब बन्दै जान्छ भने सम्बन्धलाई त्यहीँ तोड्नु उचित हुन्छ ।

४. धोका

सम्बन्धमा सबैभन्दा अहम् भूमिका विश्वासको हुन्छ । विश्वासकै भरमा हरेक सम्बन्धहरु टिकेका हुन्छन् । त्यसैले यदी तपाईंको पार्टनरले तपाईलाई धोका दियो, तपाईंको विश्वास तोडेको छ भने त्यस्तो सम्बन्धबाट टाढा हुनु नै राम्रो हुन्छ । धोकाको सम्बन्धमा जति तपाईं बसिरहनु हुन्छ त्यति नै तपाईंलाई पिडा भइरहन्छ ।

५.लगातार पुरानो मायाको कुरा गर्नु

यदी तपाईंको पार्टनरले अचानक पुरानो सम्बन्धको बारेमा कुरा गर्न थाल्छ भने उसको मनमा केही कुरा चलिरहेको हुन सक्छ । यस्तो परिस्थितिमा तपाईंले पार्टनरलाई यस्तो कुरा गरिरहनु मन नपरेको बारेमा बताउनु सक्नुहुन्छ ।

यदी यति गर्दा पनि तपाईंको पार्टनरले त्यस्तै कुरा गरिरहन्छ भने तपाईंले बुझ्नुस् उ तपाईंप्रति बफादार छैन । यस्तो अवस्थामा तपाईंले पनि सम्बन्ध तोडेर नयाँ जीवन शुरु गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved