वाम दलसँग एकताका लागि वार्ता अघि बढाउने एकीकृत समाजवादीको निर्णय

नेपालभ्युज

वाम दलसँग एकताका लागि वार्ता अघि बढाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अन्य दलसँग एकताका लागि ढोका खोलेको छ । उक्त पार्टीको बिहीबार बसेको सचिवालय बैठकले सबै वाम दलसँग एकताका लागि वार्ता अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले वामपन्थी शक्तिसँग एकताका लागि छलफल अघि बढाउने र त्यससम्बन्धि वार्ताका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए ।

यसअघि उक्त पार्टीको पोलिटब्युरो बैठकले एकता प्रक्रियाबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको थियो । कुन-कुन दलसँग एकताका लागि पहल गर्ने भन्नेबारे खतिवडाले प्रष्ट पारेनन् ।

एमालेसँग एकता हुन्छ त ? भनेर संचारकर्मीले सोधेको प्रश्नमा उनले त्यो एमालेमै भर पर्ने बताए । अहिलेसम्म एमालेको रवैया आफूहरुप्रति नकारात्मक रहेको उनले बताए ।

बैठकले सरकारलाई विश्वासको मत दिने / नदिनेबारे भने कुनै निर्णय नगरेको खतिवडाले जानकारी दिए । उनका अनुसार सरकारको नेतृत्व गरेको दलले विश्वासको मत मागेपछि बल्ल त्यसबारे छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved