कोरोनाका कारण मृत्यु हुने र संक्रमितबारे चीनले भरपर्दो तथ्याङ्क दिनुपर्छ : डब्लुएचओ

नेपालभ्युज

कोरोनाका कारण मृत्यु हुने र संक्रमितबारे चीनले भरपर्दो तथ्याङ्क दिनुपर्छ : डब्लुएचओ

एजेन्सी। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई अस्पतालमा भर्ना भएका बिरामी र मृत्युसँग सम्बन्धित भरपर्दो तथ्याङ्क दिन गर्न आग्रह गरेका छन्। साथै उनले चीनको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताए ।

“हामीले चीनलाई अस्पताल भर्ना र मृत्युको भरपर्दो डाटा र रियल टाइम डाटाको जानकारी शेयर गर्न चीनलाई आग्रह गरेका छौं,” उनले भने।   गत हप्ता विश्व स्वास्थ्य संगठनले चीनसँग उच्चस्तरीय बैठक गरेको थियो र कोरोनाका बढ्दो केसहरू र अस्पतालमा भर्ना हुनेहरूको बढ्दो संख्यामा छलफल गरेको थियो।

मिडिया ब्रिफिङमा ग्रब्रेयससले आफूसँग उपलब्ध तथ्यांकअनुसार विश्वभर कोभिड–१९ का कारण हरेक हप्ता करिब १० हजार मानिसको मृत्यु भइरहेको बताए । वास्तविक संख्या यो भन्दा धेरै हुन सक्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved