पेटको क्यान्सर कसरी पत्ता लगाउने ?

नेपालभ्युज

पेटको क्यान्सर कसरी पत्ता लगाउने ?

एजेन्सी । क्यान्सर रोग संसारभरी तीव्र रुपमा फैलिरहेको छ । यो गम्भीर समस्या यदी शुरुवाती चरणमै पत्ता लाग्यो भने उपचार गर्न सजिलो हुन्छ । सही समयमा उपचार हुन नपाएको खण्डमा क्यान्सरले ज्यान पनि लिन्छ । ग्यास्ट्रिक क्यान्सरको समस्यामा पनि शुरुवातमा केही लक्षणहरु शरीरमा देखिने गर्दछन् । यस्ता लक्षणहरुलाई समयमै पहिचान गरेर उपचार गर्दा यो निको हुन्छ ।

ग्यास्ट्रिक क्यान्सरलाई पेटको क्यान्सर पनि भनिन्छ । पेटको क्यान्सरमा शुरु शुरुमा पाचनक्रियासँग जोडिएका समस्याहरु देखा पर्दछन् र पछि ती समस्या बढ्दै जान्छन् । साथै समस्या गम्भीर हुँदैन जान्छ । यस लेखमा हामीले ग्यास्ट्रिक क्यान्सरको शुरुवाती लक्षणका बारेमा बताउनेछौं ।

मेयो क्लिनिकमा दिइएको जानकारी अनुसार ग्यास्ट्रिक क्यान्सरको शुरवातमा देखिने लक्षणहरुलाई पहिचान गरी उपचार गर्न सके निको हुने बताइएको छ । तर यसको शुरुवाती लक्षण सबैमा भने नदेखिन पनि सक्छन् । शुरुवाती लक्षणहरुमा अपच तथा पेटमा दुखाई जस्ता समस्या देखा पर्छन् ।

तर जसरी क्यान्सरका कोषिकाहरुको वृद्धि हुँदै जान्छ समस्या पनि गम्भीर हुँदै जान्छ । जब पेटको क्यान्सर शरीरको अन्य भागमा फैलिन थाल्छ त्यसलाई मेटास्टेटिक क्यान्सर भनिन्छ । यस्तो स्थितिमा देखिने लक्षण भने गम्भीर हुन सक्छन् ।

पेटको क्यान्सरमा देखिने शुरुआती लक्षणहरु यस प्रकारका छन्
– विशेष गरी पेटमा नाइटोको माथिल्लो भागमा गम्भीर खालको दुखाई हुन्छ ।
– पेटमा एकदमै पोल्ने र असन्तुलित हुने ।
– अपचको समस्या हुने र थोरै खाँदा पनि पेट भरिएको जस्तो लाग्ने ।
– पटकपटक उल्टी हुने
– भोक कम लाग्ने र खाने पनि इच्छा नहुने ।
-भाइरल तथा ब्याक्टेरियल संक्रमणको समस्या हुने ।
ग्यास्ट्रिक क्यान्सरको जाँच र बचाउ
यदी तपाईंलाई पेटको क्यान्सर हुने खतरा छ भने तपाईंले स्क्रीनिङ्ग टेस्ट गरेर पत्ता लगाउन सक्नुहुन्छ । किनकि पेटको क्यान्सरको प्रारम्भिक लक्षणहरु कुनै व्यक्तिमा देखिँदैनन् । त्यसैले रोग पत्ता लगाउने गाह्रो हुन्छ । यसबाहेक डाक्टरले तपाईंको पेटको क्यान्सरको जाँच गर्नुअघि पारिवारिक इतिहासलाई पनि जान्ने कोसिस गर्नेछन् । यसका साथै शारीरिक परिक्षण पनि गरिन्छ ।

पेटको क्यान्सरबाट बच्नका लागि धेरै भन्दा धेरै हरियो पात भएका तरकारी सागहरुको सेवन गर्नु फाइदाजनक हुन्छ । तपाईं आफ्नो खानपानमा भिटामिन बी १२, आइरन, फोलेट, क्याल्सियम आदि पनि सामेल गर्न सक्नुहुन्छ । पेटलाई ठिक राख्नका लागि खानालाई सानो सानो इकाईंमा बाँडेर खाने गर्नुहोस् । यसले पेटमा एकैपटक खानाको भार पर्दैन । जसले गर्दा खाना पचाउन सजिलो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved