‘एबीसी’ जुस पिउनुहोस् सधैं जवान रहिरहनुस्

नेपालभ्युज

‘एबीसी’ जुस पिउनुहोस् सधैं जवान रहिरहनुस्

एजेन्सी । यदी तपाईंले पहिला कहिल्यै एबीसी जुसको अर्थ थाहा पाउनुभएको छैन भने, यसको अर्थ हो एप्पल (स्याउ), बीटरुट (चुकन्दर) र क्यारोट (गाजर)बाट बनेको जुस ।

यो जुस फिटनेस मन पराउने व्यक्तिहरुको मनपर्ने जुस हो । किनकि यो जुस पिउँदा शरीर त स्वस्थ हुन्छ नै साथसाथै शरीरका खराब तत्वलाई बाहिर निकालेर डिटक्सको काम पनि गर्छ ।

यसले शरीरमा भित्री तथा बाहिरी सुन्दरता सबैलाई फाइदा गर्छ । अब जानौं यसका फाइदा तथा बनाउने विधिको बारेमा ।

एबीसी जुसमा कैयौं पौष्टिक तत्वहरु हुन्छन्, जस्तै : जिंक, पोटाशियम, भिटामिन ए, भिटामिन बि ६, भिटामिन सी आदि । जसले हाम्रो शरीरलाई धेरै किसिमबाट फाइदा पुर्‍याउँछ ।

यो जुसमा क्याल्सियम, कपर, आइरन तथा म्याग्नेशियम पनि पाइन्छ ।

एबीसी जुसका फाइदा

  • यति धेरै पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले यो जुसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो जुस पिउँदा शरीरमा सेतो रक्तकोषिका बढ्छन् ।
  • शरीरमा चाहिने अत्यावश्यक पौष्टिक तत्वको कमीलाई पुरा गर्ने काम गर्छ ।
  • शरीरलाई डिटक्स गर्ने काम गर्छ, जसले गर्दा शरीरमा नयाँ खालको चमक देखिन थाल्छ ।
  • भिटामिन सी, ए, के, बी तथा ई जस्ता तत्वले बुढ्यौली हुन रोक्छ । साथै छाला कसिलो बन्ने भएकाले लामो समय जवान देखिन सकिन्छ ।
  • यस जुसलाई पिउँदा कपाल पनि स्वस्थ हुन्छ किनकि यसमा आइरन, इलेक्ट्रोलाइट्स तथा पोटाशियम पाइन्छ । जसले गर्दा कपाल लामो, बाक्लो र बलियो हुन्छ ।
  • सबैभन्दा महत्वपूर्ण यो जुस नियमित पिउने गरेमा तौल कम हुन्छ । कम क्यालोरी र फाइबर धेरै भएकाले यो जुस पिउँदा भोक लागिराख्ने समस्या हुँदैन । जसले गर्दा तपाईं अस्वस्थकर खानेकुराबाट बच्नुहुन्छ ।
  • फाइबरको मात्रा राम्रो हुने भएकाले पाचनक्रिया राम्रो हुन्छ । कब्जियत, अपच जस्ता समस्या टाढै रहन्छन् ।
  • एबीसी जुसले ब्लडमा भएको कोलेस्ट्रोललाई पनि कम गर्छ जसले गर्दा रक्तचाप सन्तुलनमा रहन्छ । त्यसैले मुटु सम्बन्धी रोग टाढै भाग्छन् ।

जुस बनाउन तरिका

सामग्री– १ मध्यमखालको रसिलो स्याउ, ठूलो आकारको गाजर, आधा चुकन्दर साथमा एक चिम्टी कालो नुन ।
विधि–

  •  स्याउलाई काट्ने, चुकन्दर र गाजरलाई ताछेर सफासँग धुने ।
  • मिक्सरमा तीनै चीज राख्ने साथै तीनचौथाई कप पानी पनि राख्ने ।
  • राम्रोसँग पिस्ने ।
  • गिलासमा निकाल्नुहोस्, माथिबाट थोरै कालो नुन छर्किएर पिउनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved