कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत रुपमा चयन

नेपालभ्युज

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत रुपमा चयन

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत रुपमा चयन भएका छन् । ७ जना आकांक्षी रहेकोमा अरुलाई मनाएर शाह नेता चुनिएका हुन् ।

उनी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । अन्य आकांक्षीले शाहलाई समर्थन गरेपछि सर्वसम्मत चयन भएका थिए ।

संसदीय दलको नेता बन्न बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवा लगायत दौडमा थिए । यसअघि सहमति नजुटेपछि निर्वाचन समितिले चुनावी कार्यक्रम नै प्रकाशित गरेको थियो ।

दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकिएको थियो । तर सहमति भएकाले शाहको मात्रै उम्मेदवारी परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved