एकीकृत समाजवादीमा सरकारबारे निर्णय लिने अधिकार केन्द्रीय सचिवालयलाई

बैठकले सरकारमा सहभागिता बारे सम्पूर्ण निर्णय लिन केन्द्रीय सचिवालयलाई अधिकार दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेपालभ्युज

एकीकृत समाजवादीमा सरकारबारे निर्णय लिने अधिकार केन्द्रीय सचिवालयलाई

काठमाडौं।   नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने अधिकार शीर्ष नेतृत्वलाई दिएको छ ।

पार्टीको पोलिटब्युरो बैठक निष्कर्षमा पुग्न नसकेपछि नेतृत्वलाई जिम्मा दिने निर्णय गरेर सकिएको हो । सोमबार सुरु भएको बैठक मंगलबार सकिएको छ ।

बैठकले सरकारमा सहभागिता बारे सम्पूर्ण निर्णय लिन केन्द्रीय सचिवालयलाई अधिकार दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘सरकारमा सहभागी हुनेबारे केन्द्रीय सचिवालयले आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।’
बैठकले अन्य दलसँग सहकार्य र मोर्चाबारे निर्णय गर्ने अधिकार पनि सचिवालयलाई नै दिएको खतिवडाले बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved