तपाइँलाई मुटुरोग छ भने यस्ता खानेकुराबाट टाढै रहनुस्

नेपालभ्युज

तपाइँलाई मुटुरोग छ भने यस्ता खानेकुराबाट टाढै रहनुस्

एजेन्सी । अहिलेको अस्तव्यस्त जीवनशैली र खानपानले हरेक व्यक्तिलाई कुनै न कुनै स्वास्थ्य समस्या देखिइरहेको हुन्छ । त्यसैले अलिकति जीवनशैली परिवर्तन गर्न र स्वस्थ खानपानमा ध्यान दिन एकदमै जरुरी भइसकेको छ ।

त्यस्तै मुटु सम्बन्धी रोग त अलिकति गम्भीर पनि मानिन्छ । त्यसैले यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्न जरुरी छ । के खाने तथा के नखाने भन्ने बारे पनि मुटुरोगीहरुले विशेष ध्यान दिन जरुरी छ ।

आज हामी मुटुरोगीले कम खानुपर्ने खानेकुराको बारेमा बताउनेछौं ।

नुन

नुनले खानाको स्वाद बढाउनुका साथै यसका फाइदा पनि छन् । तर मुटुरोगीले नुन धेरै खानु हुँदैन । धेरै नुन सेवनले शरीरमा रक्तचाप बढाउँछ, जुन मुटुका लागि हानिकारक हुनसक्छ ।

यति मात्र होइन नुनले मुटुसँग सम्बन्धित समस्या पनि बढाउँछ । यस्तो अवस्थामा यदी तपाईं मुटु रोगी हुनुहुन्छ भने नुनको सेवन सिमित मात्रामा गर्नुपर्छ ।

मैदा

मैदा शरीरका लागि निकै हानिकारक हुन्छ । मैदाको सेवन गर्दा कोलेस्ट्रोल बढ्छ । जसका कराण हृदयघातको जोखिम पनि बढ्छ । खानामा मैदाको जति कम प्रयोग गर्नुहुन्छ, त्यति नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।

यदी तपाईं मुटुको बिरामी हुनुहुनछ भने रोटी, बर्गर, चाउमिन जस्ता मैदाबाट बनेका खानेकुरा नखानुहोस् ।

चियाकफी

मुटु रोगीले धेरै चियाकफी पनि पिउनु हुँदैन । चियाकफीको सेवनले पनि रक्तचाप बढाउँछ । यसले मुटुको रोगलाई बढाउँछ । यसमा पाइने क्याफिनले मुटुलाई राम्रो गर्दैन । साथै मुटुका रोगीले अन्य चिसो पेय पदार्थ पिउनबाट पनि जोगिनु पर्छ ।

मिठाई

खासगरी मधुमेहका विरामीलाई मिठाईदेखि टाढै बस्न भनिन्छ । तर हृदयका रोगीहरुले पनि धेरै चिनी खानबाट जोगिनै पर्दछ । स्वास्थ्य विज्ञहरुका अनुसार धेरै मात्रामा चिनी मुटुका विरामीका लागि खतरा हुन सक्छ । यसले मुटुको समस्या झनै बढाउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved