‘प्रतिपक्षमा रहे पनि विचलित नहोऔं’

‘प्रतिपक्षमा रहे पनि विचलित नहोऔं’

डुम्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको भन्दै पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन कार्यकर्ता र मतदातालाई आग्रह गरेका छन् ।

शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा सोमबार आयोजित कार्यक्रममा उनले कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि काम गरेर देखाउने क्षमता आफूमा रहेको बताए । उनले सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएको बताए । यो समस्या समाधानका लागि आफूले निर्वाचित भए लगत्तै सम्बन्धित निकाय झकझकाउने काम गरेको उनले दाबी गरे ।

विगतमा क्षेत्र नं.२ बाट निर्वाचित जनप्रतिनिधिले अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्नतर्फ खासै ध्यान नदिएको उनको आरोप थियो । ‘पाँच वर्षभित्र यस क्षेत्रको अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गरेरै छाड्नेछु’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved