प्रो क्लब क्रिकेट फाइनल : करण केसीको विष्फोटक प्रदर्शनमा पुलिसले दियो पर्सा ११ लाई १४६ रनको लक्ष्य

नेपालभ्युज

प्रो क्लब क्रिकेट फाइनल : करण केसीको विष्फोटक प्रदर्शनमा पुलिसले दियो पर्सा ११ लाई १४६ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रो क्लब टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पर्सा–११ लाई १४६ रनको लक्ष्य दिएको छ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलमा पुलिसले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १४५ रन बनाएको हो।

पुलिसका लागि विष्फोटक ब्याटिङ गरेका करण केसी १७ बलमा ५ छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे। उनले अन्तिम बलमा ४ छक्का प्रहार गरे। अर्जुन साउदले २६ र शंकर रानाले १९ रन बनाए।

पर्साका लागि भने सैफुल्लाह अन्सारी र पवन सराफले २–२ तथा रंजित कुमार र रुपेश सिंहले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved