ब्राजिलमा वामपन्थी नेता लुलाले राष्ट्रपतिको शपथ लिए, हारेका बोल्सोनारो ‘भागेर’ अमेरिकामा

उनले गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा जैर बोल्सोनारोलाई पराजित गरेका थिए । बोल्सोनारो सत्ता हस्तान्तरण समारोहबाट बच्न शुक्रबार नै अमेरिका पुगेका छन् । वर्तमान राष्ट्रपति समर्थकले बोल्सोनारोलाई भगौडाको आरोप लगाएका छन् ।

नेपालभ्युज

ब्राजिलमा वामपन्थी नेता लुलाले राष्ट्रपतिको शपथ लिए, हारेका बोल्सोनारो ‘भागेर’ अमेरिकामा

ब्राजिल।  ब्राजिलको राष्ट्रपतिमा लुइस इनासियो लुला डे सिल्भाले तेस्रो पटक शपथ ग्रहण गरेका छन् । दिग्गज वामपन्थी नेतालाई ‘लुला’ को नामले चिनिन्छ। यसअघि डि सिल्भा सन् २००३ देखि २०१० को बीचमा ब्राजिलको राष्ट्रपति भएका थिए ।

उनले गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा जैर बोल्सोनारोलाई पराजित गरेका थिए । बोल्सोनारो सत्ता हस्तान्तरण समारोहबाट बच्न शुक्रबार नै अमेरिका पुगेका छन् । वर्तमान राष्ट्रपति समर्थकले बोल्सोनारोलाई भगौडाको आरोप लगाएका छन् ।

राष्ट्रपति बनेपछि आफ्नो पहिलो भाषणमा लुलाले देशको पुनर्निर्माण गर्ने वाचा गरेका छन् । उनले देशको खराब अवस्थाका लागि पूर्ववर्ती राष्ट्रपतिका नीतिहरूको आलोचना गरे। संसदबाहिर लुलाका समर्थकहरुको बिहानैदेखि भीड लागेको थियो । सपथ ग्रहणपछि उत्सवका लागि ६० भन्दा बढी कलाकार बोलाएर दुई ठूला स्टेज सजाइएको थियो ।

शपथग्रहण समारोहमा  लुला डी सिल्भा धेरै पटक भावुक भएका छन् । हुनसक्छ, दुई दशकभन्दा बढी सत्ता बाहिर रहेपछि लुलाले फेरि राष्ट्रपति बन्ने सोचेका थिएनन् ।यस अवधिमा लुला भ्रष्टाचारको आरोपमा जेलमा पनि थिए । तर सन् २०२१ मा सजाय खारेज भएको थियो ।

पुर्व राष्ट्रपति बोल्सोनारोका समर्थकहरूले कार्यक्रममा बाधा पुर्‍याउन सक्ने आशंकाहरू थिए । कार्यक्रमको सुरक्षाका राजधानी ब्राजिलियामा शतप्रतिशत प्रहरी बल लागि तैनाथ गरिएको थियो । ब्राजिलको सैन्य प्रहरीले आइतबार बिहान एक व्यक्तिलाई चक्कु र पटाका लिएर स्वागत समारोहमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved