पाँच तरकारी जसलाई काँचै खाँदा झन् फाइदा

नेपालभ्युज

पाँच तरकारी जसलाई काँचै खाँदा झन् फाइदा

एजेन्सी ।

हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् ।

पोषक तत्वको भरपूर अवशोषण शरीरले गर्न केही काँचै खाएको राम्रो हुन्छ ।

ब्रोकाउली

ब्रोकाउली एउटा यस्तो तरकारी हो जसलाई तपाईले आफ्नो खानामा दिनहुँ राख्न जरुरी छ । त्यसो त यसलाई पकाएर नै खाने गरिन्छ । तर यसलाई काँचै खाँदा धेरै नै फाइदा हुन्छ ।

यसमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट, भिटामिन सी, क्याल्सियम, पोटासियम र प्रोटिन पाइन्छ । यो उमालेर पनि खान सकिन्छ तर धेरै कहिल्यै पकाउनु हुँदैन ।

भेंडे खुर्सानी

भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी उपलब्ध हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।

लसुन

लसुनलाई पकाउँदा एन्टीअक्सीडेन्ट एलिसिन हराउँछ । त्यो तत्वले मुटुरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ । लसुन काँचै खाँदा एलिसिन तत्व रहिरहन्छ । तर यो दिनमा दुई तीन वटा केस्रा मात्र खानुपर्छ ।

पालुँगो

पालुँगोमा भिटामिन सी अत्यधिक हुन्छ । यसलाई पकाउँदा दुई तिहाई भाग नष्ट हुन्छ । पालुंगो पकाउँदा अक्सालिक एसिड नाश हुन्छ । त्यो तत्वले शरीरलाई क्याल्सियम, आइरन र म्याग्नेसियम सोस्न सहायता गर्छ । यसलाई राम्ररी धोइपखाली गरेर खाँदा राम्रो गर्छ ।

प्याज

प्याज हरेक दिन भान्छामा प्रयोग हुने तरकारी हो । यसलाई हामी धेरै जस्तो दाल, तरकारी तथा मासु सबै खानेकुरा पकाउँदा प्रयोग गर्छौं । तर यसलाई काँचै खाँदा झनै फाइदा हुन्छ ।

प्याजमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पाइन्छ र यसले मुटुलाई स्वस्थ राख्न सहायता गर्छ । यसले हड्डी बलियो बनाउनुका साथै रक्तचाप कम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved