आइओसीले निगमलाई इन्धनको मूल्य बढाएर पठायाे, यस्तो छ नयाँ मूल्य सूची

नेपालभ्युज

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि भारतीय आयल कर्पोरेसन लिमिटेडले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ ।

आइओसीले आइतबार पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको निगमले जनाएको छ ।

आइओसीले निगमलाई  पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ र सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved