मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनमा

पोखरा रंगशालामा आइतबार मछिन्द्र क्लबलाई ३–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो । 

नेपालभ्युज

मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनमा

पोखरा । चर्च ब्वाइज युनाइटेड फुटबल क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ।

पोखरा रंगशालामा आइतबार मछिन्द्र क्लबलाई ३–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

चर्च ब्वाइजको लागि आशिष चापागाईले २ र आशिष चौधरीले १ गोल गरे। मछिन्द्रका लागि सौरभ सुब्बाले १ गोल फर्काए।

आशिषले २३ औँ मिनेटमा गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा आशिषले नै गोल थपेर अग्रता दोब्बर बनाए। ६६ औं मिनेटमा आशिषले तेस्रो गोल गरे।

मछिन्द्रका लागि ८९ औं मिनेटमा सौरभले गोल फर्काए। प्रतियोगितामा १० टोलीको सहभागिता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved