परमाणु बमको उत्पादन कैंयौं गुणाले बढाउने उत्तर कोरियाको घोषणा

सत्ताधारी वर्कस पार्टीको बैठकलाई सम्बोधन गर्दै किमले अब आफ्नो ध्यान ठुलो मात्रामा रणनीतिक परमाणु हतियारको उत्पादनमा केन्द्रित हुने बताएका हुन् । 

नेपालभ्युज

परमाणु बमको उत्पादन कैंयौं गुणाले बढाउने उत्तर कोरियाको घोषणा

काठमाडौं । उत्तर कोरियाका नेता किम जोंङ उनले अमेरिका र दक्षिण कोरियासँगको खतरा सामना गर्न परमाणु हतियार कैयौ गुणा बढाउने घोषणा गरेका छन् ।

सत्ताधारी वर्कस पार्टीको बैठकलाई सम्बोधन गर्दै किमले अब आफ्नो ध्यान ठुलो मात्रामा रणनीतिक परमाणु हतियारको उत्पादनमा केन्द्रित हुने बताएका हुन् ।

उनले परमाणु आक्रमण भएको अवस्थामा तत्कालै मार हान्न सक्षम अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल विकास गर्ने घोषणा पनि गरेका छन् ।

अग्रेजी नयाँ वर्ष सकिने एक दिन अघि उत्तर कोरियाले एक हतियार परिक्षण गरेको थियो । त्यस लगत्तै दक्षिण कोरियाका रक्षा मन्त्रीले यदी उत्तर कोरियाले परमाणु हतियार प्रयोग गरेमा किमको शासन अन्त्य हुने चेतावनी दिएका थिए ।

उत्तर कोरियाले यसअघि पनि पटक-पटक परमाणु बम परिक्षण गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved